क्याली, एक क्रिष्टमस झुसिलीकिरा
एकादेशमा बेथलेहम भन्ने ठाउँमा क्याली नामको एउटा झुसिलीकिरा बस्थ्यो । ऊ एकदमै राम्रो झुसिलीकिरा थियो जो सधैं समस्याहरुबाट टाढा बस्दथ्यो । यो उसको लागि गा¥हो थियो किनभने ऊ प्रायः नराम्रा कुरा चुन्थ्यो ।
एक दिन केही खानेकुराको खोजी गर्दै जाँदा त्यस जवान झुसिलीकिराले डाँडाको टुप्पो चढ्ने निर्णय ग¥यो । जब ऊ डाँडाको टुप्पोमा पुग्यो, उसले चट्टानहरुले घेरिएको एउटा ठूलो गुफा देख्यो । क्याली यता उता हेर्न एकदमै उत्साहित भयो । उसले त्यस अँध्यारो गुफा भित्र जान हुन्छ कि हुदैन भनी पक्का नगरी नै जसरी पनि त्यस गुफा भित्र जाने निधो ग¥यो ।
गुफा भित्र पुगिसकेपछि क्यालीलाई एकदमै चीसो लाग्न थाल्यो र एक्लो महशुस गर्न थाल्यो । ऊ आत्तियो किनभने,यस्तो अँध्यारो र एक्लो ठाउँमा ऊ कहिल्यै आएको थिएन । चाँडो चाँडो ऊ त्यहाँबाट फर्केर बाहिर निस्कन थाल्यो । तर दुर्भाग्यवशः सानो झुसिलीकिरा केही चट्टानहरुबाट खस्यो र फर्कने बाटो फेला पार्न सकेन । उसले दायाँ तिर हो कि बाँया तिर जाने, पत्ता नै लगाउन सकेन ।
अब धेरै बेर लागेको जस्तो हुने गरी गुफा भित्र हराएपछि क्यालीले अब कहिल्यै निस्कन सकिदैन होला भनी सोच्न थाल्यो । ऊ त्यहाँको अँध्यारो भित्र हरायो र सोच्न थाल्यो कि, “म यस डरलाग्दो गुफा भित्र नआएको भए नै राम्रो हुन्थ्यो ।” क्यालीले के गर्ने भनी थाहा नभएर सा¥है डर लाग्न थाल्यो ।
क्यालीले अब आशा मार्ने लागेको थियो किनभने उसलाई कसैले पनि भेट्टाउनै सक्दैन जस्तो लाग्यो । त्यति नै बेला उसले गाईहरु अनि गधाहरु अनि भेडाहरुको आवाज सुन्यो । यी आवाजले उसलाई सा¥है खुशी बनायो किनभने अब ऊ एक्लो भएन ।
त्यतिबेलामा बेथलेहममा चिसो र हावा चलेको जाडो मौसमको समय थियो, त्यसैले गोठालाहरुले आफ्ना बस्तुभाउ त्यस गुफामा सुताउन ल्याएका थिए । ती मानिसहरु हातमा मैनवत्ती लिए भित्र आएपछि क्यालीले देख्यो कि त्यो गुफा त निकै ठूलो पो रहेछ । त्यस ठूलो ठाउँमा ती मानिसहरुले परालको थाक लगाए र आफ्ना जनावरहरुका लागि सुत्ने ठाउँ तयार पारे । अरु जनावरहरु जस्तै त्यो झुसिलीकिरा पनि निकै थाकेको हुनाले निदाउन लाग्यो । चाँडै सबैजना निदाए ।
बिहान गोठालाहरु उठेर आफ्ना बस्तुभाउ उठाउन थाले र चाँडै नै गुफा छाडेर हिंडे । क्याली उठुञ्जेल ती सबै त्यहाँबाट गइसकेका थिए । ती बस्तुभाउ र गोठालाहरु बाहिर न्यानो घाम ताप्न निस्किसकेका थिए । “अब म के गर्ने होला ?” भनेर क्यालीले भन्यो । अब उसलाई आफ्नो बाँकी जीवन नै त्यही गुफा भित्र हराएरै बित्छ जस्तो लाग्न थाल्यो ।
चाँडै नै ती गोठालाहरु आफ्ना बस्तुभाउलाई चिसो जाडो मौसमको रातमा सुताउन त्यहीं आइपुगे । क्यालीलाई त्यस गुफामा अरुहरु पनि भएकोले खुशी लाग्यो तर आफूले त्यस ठूलो गुफाबाट निस्कन नसकेकोले रुन थाल्यो । त्यहाँ बस्तुभाउहरु भएता पनि ती मान्छेहरु र बस्तुभाउलाई पछ्याएर बाहिर निस्कन उसका खुट्टाहरु धेरै साना थिए ।
यसरी उसले आफूमाथि दुःख मनाउ गर्दै रहँदा केही फरक कुरा भयो । जोसेफ भन्ने एकजना मान्छे गुफा भित्र पस्यो । उसले त्यहाँ परालको सुत्ने ठाउँ बनाउन थाल्यो, तर जनावरहरुका लागि थिएन । यो खाट त उसको श्रीमती, मेरीको लागि थियो, जो आफ्नी बच्चालाई जन्म दिन गइरहेकी थिइन् ।
त्यस झुसिलीकिराले भर्खरै जन्मेको बच्चालाई बोकेको मेरीलाई नियालेर हे¥यो, जुन बच्चालाइए येशु भनेर नाम राखियो । यस बालक प्रकाश र प्रेमले भरिएको थियो । जब क्यालीले येशुलाई हे¥यो, उसले आफूलाई एक्लो र डराएको जस्तो महशुस गरेन ।
त्यही राती अरु गोठालाहर त्यस गुफामा आइ बालक येशुका लागि गीतहरु गाउन थाले । त्यो गुफा जुन अँध्यारो थियो, अब त्यो पूरौ उज्यालो थियो र सबैले शान्ति र सुखको अनुभूति गर्न थाले । चाँडै तीनजना सन्तहरु, जसले उज्यालो ताराहरु पछ्याउँदै थिए, उनीहरु ती बालक येशुलाई क्रिष्टमसको उपहार दिन आइपुगे । उनीहरुले बालक येशुलाई सुन, सुगन्धित धुप अनि गुग्गुल दिए ।
यस बालकका लागि क्याली रोमाञ्चित र अचम्मित भयो, जसले उसलाई भेट्न आए जति सबैलाई खुशी ल्याएका थिए । तथापि ऊ दुःखी थियो किनभने, ऊसंग त्यस बालक येशुलाई दिन कुनै उपहार थिएन । उसले सोच्यो, “म त केवल एउटा एक्लो झुसिलीकिरा हुँ जो यस गुफा भित्र हराएको छ । म यस बालकलाइए के उपहार दिन सक्छु, जसले हामीलाई आफ्नो प्रकाश दिएको छ ?” उसले सोच्यो, सोच्यो र धेरै सोचिरह्यो ।
“मलाई थाहा छ !” उसले येशुलाई दिने उपहारको बारेमा एकदम उत्साहित भयो । उसले आफैलाई क्रिष्टमस उपहारका रुपमा पाको पा¥यो । उसले सावधानी पूर्वक आफ्नो वरिपरि रेसमको कोयो बनाएर बे¥यो । त्यस सम्पूर्ण समय क्यालीले केवल येशुलाई कसरी आफ्नो उपहार दिने भन्ने बारे सोचिरह्यो ।
केही छोटो समय पछी क्याली रेसमको कोयोबाट बाहिर आयो । त्यतिबेला उसले क्रिष्टमसको चमत्कार पत्ता लगायो । ऊ अब त्यस गुफामा अल्झिएको एक्लो झुसिलीकिरा रहेन । ऊ त एउटा नयाँ सृष्टि थियो, एक जोडा आकर्षक मुटुको आकारको पखेटा भएको पुतलीको रुपमा ।
जब क्याली अँध्यारोबाट उज्यालो तर्फ उड्न थाल्यो, उसको अनुहारमा मुस्कान थियो । उसलाई थाहा थियो कि उसले सही चयन गरेको छ र येशु यस उपहारबाट खुशी हुनेछन् । यसरी जुनसुकै बेलामा पनि जब हामी पुतली हावामा उडिरहेको देख्छौं, हामीलाई आफ्नो हृदय येशुलाई दिनुपर्छ भन्ने कुरा सम्झाइरहनेछ ।
समाप्त