
तपाई आत्माको फल टिपेर राम्रा चयन गर्न सक्नु हुन्छ !
येशुले हाम्रा हृदय राम्रा चयनहरु गरेर आत्माको फलले भर्न भनेका छन् ।

म प्रेम चयन गर्छु जब म अंकमाल गर्दछु ।

म आनन्द चयन त.गर्छु जब म मुस्कुराउँछु ।

म शान्ति चयन गर्छु जब म “म माफी चहान्छु” भन्छु ।

म धैर्यता चयन गर्छु जब म आफ्नो पालो कुर्छु ।

म दया चयन गर्छु जब म अरु संग बाँड्छु ।

म भलाइ चयन गर्छु जब म सत्य बोल्छु ।

म विश्वस्तता चयन गर्छु जब म प्रभुसंग प्रार्थना मार्फत् कुरा गर्छु ।

म नम्रता चयन गर्छु जब म अरुलाई सहयोग गर्छु ।

म संयमता चयन गर्छु जब म निर्देशनहरु पलन गर्छु ।
येशुलाई तपाईमा गर्व छ र उहाँले तपाईलाई अधिक प्र्रेम गर्नुहुन्छ !
तपाईको हृदय आत्माको फलले भरेर राम्रा चयनहरु गर्न सहयोग गर्न भनी येशुसंग सहयोग माग्न नबिर्सनुहोस् ।